काठमाडौं । जलविद्युत उत्पादकहरू प्यानलसहित चुनावी लागेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानमा आबद्ध यही जेठ ३१ गते हुने चुनावबाट इप्पानले नयाँ नेतृत्व पाउने भएको छ । यसका लागि व्यवसायीहरू दुई समूहमा लागेर चुनावी मैदानमा उत्रिएका हुन् । चुनावका लागि आज मनोनयन मिति तोकिएको छ ।
अध्यक्ष पदका लागि उम्मेदवारी दिन १ लाख रुपैयाँ मनोनयन शुल्क तोकिएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिन समेत १ लाख रुपैयाँ नै मनोनयन शुल्क तोकिएको छ । यस्तै, उपाध्यक्षको मनोनयन शुल्क ९० हजार, महासचिवको मनोनयन शुल्क ६० हजार, उपमहासचिवको मनोनयन शुल्क ५५ हजार र सचिवको मनोनयन शुल्क ५० हजार रुपैयाँ छ ।
त्यसैले कोषाअध्यक्ष पदको मनोनयन शुल्क ५० हजार र सदस्य पदको मनोनयन शुल्क ४० हजार रुपैयाँ रहेको निर्वाचन समितिले बताएको छ । चुनावमा ४५१ जना जलविद्युत उत्पादकले सहभागिता भएको देखाएको छ।