Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विलासिता सामग्रीमा भारी कर, महँगो हुने भयो मदिरा र गरगहना


विलासिता सामग्रीमा भारी कर, महँगो हुने भयो मदिरा र गरगहना

काठमाडौं । सरकारले विलासिता सामग्रीमा कर लगाएका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले विलासिता शुल्कको शिर्षक दिएर कर संकलन गर्ने नयाँ बाटो खोजेका हुन् ।


अब नेपालमा उपभोग हुने देहायका विलासिताका वस्तु तथा सेवाको खरिद रकममा दुई प्रतिशतका दरले विलासिता शुल्क लगाई असुल गरिनेछ, जसमध्ये–
(क) पाँच तारे र सो भन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा ।
(ख) आयातित मदिरासेवन ।
(ग) दश लाख रूपैयाँभन्दा बढी बहुमूल्य धातुका गरगहना हिरा, मोती, पत्थर जडित सुन आदि ।


सरकारले पाँच तारे र सो भन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले प्रदान गरिने सेवाहरुमा, आयातित मदिरामा पैठारी हुने भन्सार बिन्दुमा पैठारीका बखत र दश लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना बिक्रीका अवस्थामा बिक्रेताले कर तिर्नुपर्ने व्यवस्था मिलाएको छ ।


यदि कुनै व्यक्तिले विलासिता शुल्क बापतको रकम दाखिल नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज लगाई असुल गरिने भनिएको छ । विलासिता शुल्क बापतको रकम असुल नगरेमा सो रकमको पच्चीस प्रतिशतसम्म शुल्क लाग्ने समेत व्यवस्था मिलाएको छ ।


विलासिता शुल्क बापत सङ्कलन गरेको रकम अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ ।