Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विदेशबाट आयातित उपभोग्य वस्तुमा कर: अर्थमन्त्री महत


विदेशबाट आयातित उपभोग्य वस्तुमा कर: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भने बजेटमार्फत उपभोग्य वस्तुमा कर लगाएर उपभोक्तालाई महँगीको मार परेको भनेर आलोचना भइरहेका बेला आफ्नो नीतिको बचाउ गरेका छन् । उनले आन्तरिक उत्पादकलाई संरक्षण गर्नका लागि विदेशबाट आयातित उपभोग्य वस्तुमा कर लगाएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री महतले सांसदका प्रश्नको जवाफ दिने क्रममा विदेशबाट आयातित उपभोग्य वस्तुमा कर लगाउँदा आन्तरिक उत्पादकलाई फाइदा हुने बताएका छन् । उनले आयातित वस्तुमा कर लगाउनु आन्तरिक उद्योगीलाई संरक्षण गरिएको बताए ।आन्तरिक उत्पादनकर्ताहरूलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको हो । हामी एकातिर भनिरहेका छौं, हाम्रा उद्योग व्यवसायीलाई संरक्षण गर्ने ।

हामीले इन्सेन्टिभ दिनेलगायत आर्थिक नीतिका अरु यन्त्र पनि छन् । त्यो पनि हामीले गरेका छौं । करबाट पनि संरक्षण गर्ने । दोहोरो संरक्षण गर्ने हो भने हाम्रा उद्योग व्यवसायी यहाँ नै उत्पादन गर्छन् । सानो परिणाममा उत्पादन गरिरहेकाहरूलाई यसले ठूलोमा बनाउन सहयोग हुन्छ । जेटमार्फत उपभोग्य वस्तुमा कर लगाएर उपभोक्तालाई महँगीको मारमा पार्ने नीति बजेटमार्फत लिइएको सांसदहरूको भनाइ थियो ।

सांसदहरूले त्यसरी प्रश्न उठाउनु स्वाभाविक भएको मन्त्री महतको भनाइ छ । उनले उपभोक्ता मारमा पर्ने, उत्पादक समस्या पर्ने नीति नलिइएको बताएका छन् । मन्त्री महतले बजेटमा नारामात्रै नभएको बताए । हरेक नाराहरू बजेट विनियोजन, सरकारको नीति तथा कार्यक्रममा लक्षित उद्देश्यका साथ आएको बताएका छन् । अनावश्यक क्षेत्रमा विनियोजन गरेको बजेट कटौती गरिएको उनको भनाइ थियो । करको दर मात्रै नभई दायरा पनि बढाउँदै आएको उनको भनाइ छ ।