Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मन्त्रिपरिषद्को निर्णय:धुर्मुस-सुन्तली फाउन्डेसनले तिर्नुपर्ने बाँकी कर छुट


मन्त्रिपरिषद्को निर्णय:धुर्मुस-सुन्तली फाउन्डेसनले तिर्नुपर्ने बाँकी कर छुट

काठमाडौं, ५ असार । सरकारले धुर्मुस-सुन्तली फाउन्डेसनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिह्न स्तम्भ (५३) १ लाई संयुक्त रूपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माले मंगलबारको बैठकको निर्णयबारे जानकारी दिँदै भनिन्, ‘धुर्मुस सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धनको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा जुन कर थियो, त्यसको चुक्ता, असुल उपर गर्नुपर्ने अग्रिम कर छुट दिने भन्ने निर्णय भएको छ । नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिह्न स्तम्भ ९५३० १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने भन्ने निर्णय भएको छ ।’मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकमा विपद्का बारेमा थप व्यवस्थापन गर्नेबारेमा छलफल भएको बताइन् ।