Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुग्लिङ—नारायणगढ सडक खण्डमा पहिरो हटाउन सुरु


मुग्लिङ—नारायणगढ सडक खण्डमा पहिरो हटाउन सुरु

काठमाडौं,१५ असार । मुग्लिङ—नारायणगढ सडक खण्डमा अवरुद्ध पहिरो खुला गर्ने कार्य सुरु गरिएको छ । बिहीबार दिउँसोबाट अवरुद्ध सडक खुला गर्न पहिरो पन्छाउने काम केही वेर अघिबाट सुरु भएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इन्जिनियर (डिई) रमेश पौडेलले पहिरो पन्छाउने काम सुरु भएको र थप पहिरो नझरे दुई देखि तिन घण्टामा सडक सञ्चालनमा ल्याइने जानकारी दिए । पहिरो पन्छाउन एस्काभेटर परिचालन गरी सकिएको बताइन्छ । डिभिजन सडक कार्यालयका प्राविधिकहरू बिहानैबाट यो काममा खटिएका छन् । यसमा नेपाल प्रहरी र स्थानीयले पनि सहयोग गरिरहेका बताइन्छ ।

अघिल्ला वर्षहरूमा पहिरोको समस्या बनेको तिन ठाउँमा यो वर्ष अहिले सम्म समस्या नआएको र यो ठाउँमा नयाँ ठाउँमा आएको पहिरोले समस्या पारेको हो । पछिल्ला वर्षहरूमा नारायणगढ मुग्लिङ सडक भन्दा माथिबाट खस्ने पहिरोले सडक नै अवरुद्ध गरेर दुःख दिन थालेको छ । हरेक वर्ष बर्साद सुरु भएसँगै पहिरो झर्ने समस्याले यो सडकको यात्रा नै असुरक्षित बनेको छ,तर पहिरोको जड के हो भन्ने यकिन गर्न सकिएको छैन । बर्सादको सिजन पहिरोका कारण यात्रुले दुख पाइरहेका छन् । अहिले मुग्लिङ रामनगरमा हजारौँ सवारी साधन रोकिएका छन् ल सवारी साधनको लाम नारायणगढ सम्म र उता कुरिन टार सम्म रहेको बताइन्छ ।

पहिरोले राजमार्ग नखुल्दा लाखौँ यात्रु रातभरि बिच सडकमा अलपत्र पर्न बाध्य भए । देशकै प्रमुख राजमार्ग मध्येको एक हो नारायणगढ मुग्लिङ सडक । राजधानी काठमाडौलाइ आवश्यक पर्ने खाद्यान्न तथा लत्ता कपडा र अन्य अत्यावश्यक सामानहरू पनि यही सडकबाट काठमाडौँ लग्ने गरिन्छ । राजधानीलाई तराइका जिल्लाहरू सँग जोड्ने यो मुख्य सडक एकै छिन अवरुद्ध हुँदा यहाँ गुड्ने हजारौँ सवारी साधन र लाखौँ यात्रु अलपत्र पर्ने गर्दछन् । अहिले बिहीबार दिउसो १.३० बजे वाट सडक अवरुद्ध छ ।