Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आगामी आर्थिक वर्षदेखि रासायनिक मलको प्रयोगलाई घटाउँदै लैजानेः मन्त्री अधिकारी


आगामी आर्थिक वर्षदेखि रासायनिक मलको प्रयोगलाई घटाउँदै लैजानेः मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षदेखि रासायनिक मलको प्रयोगलाई घटाउँदै लैजाने बताएका छन् । खाद्यका लागि कृषि अभियानले एक महिनादेखि सञ्चालन गरेको जैविक कृषि जागरण यात्रा २०८२ लाई बुधबार समापन गर्दै मन्त्री अधिकारी रासायनिक मल प्रयोगको मात्रालाई न्यूनीकरण गर्दै प्राङ्गारिक मलको प्रयोगमा वृद्धि गर्दै जाने नीति लिएको बताए ।

अगामी बजेटमा नै त्यसको व्यवस्था गर्न लागिएको बताउँदै मन्त्री अधिकारीले रासायनिक मललाई एकैपटक हटाउन सकिँदैन तर बिस्तारै कम गर्दै जाने उनले बताए । विषादी प्रयोगलाई न्युनीकरण आवश्यक रहेको बताउँदै उनले यदि न्यूनीकरण गरिएन भने भविष्य राम्रो नहुने बताए ।

नेपालमा ११ लाख मेट्रिक टन मलको आवश्यकता रहेको बताउँदै उनले सरकारले लगभग साढे चार लाख मेट्रिक टन मल दिन सकिरहेको  बताए । उनले मलका लागि यस पटक २७ अर्ब रुपियाँ छुट्टाइएको समेत बताए । खाद्यका लागि कृषि अभियानले एक महिने जैविक कृषि जागरण यात्रा २०८२ वैशाख ९ गते सुरु गरेको थियो ।

बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका २४ वटा जिल्लाको यात्रा गरेको बताउँदै अभियानका संयोजक उद्धव अधिकारीले त्यसक्रममा ६० भन्दा बढी संवाद, अन्तरक्रिया र सभाहरूको आयोजना गरिएको बताए ।