काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित सानिमा बैंकका ग्राहकले नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा छुट पाउने भएका छन् ।
बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यले उक्त हस्पिटलमा छुटको व्यवस्था गरेको बताएको छ । त्यसका लागि बैंक र हस्पिटल दुवैबीच सम्झौता गरिएको छ ।
बैंकका ग्राहकले औषधि र अपरेसनसम्बन्धी शुल्कमा १० प्रतिशत तथा फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, यूयसजी, इको, आँखा र बेड शुल्कमा १५ प्रतिशत छुट पाउने छन् । बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ एपमार्फत् भुक्तानी गर्दा छुट पाउने बैंकले जानकारी दिएको छ ।