काठमाडौं । चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगेको चिन्ता व्यक्त गरेको छ । बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताए ।
बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरूसँग छलफल गरी बजेट प्रस्ताव गरेको तर बजेट विनियोजन नभएको उनको भनाइ छ । चलचित्रको प्रवर्द्धनका लागि स्टुडियो बनाउने सकारात्मक रहेता पनि विदेशी चलचित्र आयात गर्नेमा पाँच प्रतिशत कर लगाउनुपर्नेमा एक प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति सन्तुष्ट भएको बताएका छन् ।