Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै


प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं, श्रावण १५ । प्रतिनिधि सभा बैठक आज बस्दै छ। बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सभामुखले नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउनुहुन कार्यसूची रहेको छ ।

सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ३ को प्रयोजनका लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन हुनुभएको जानारी गराउनुहुने जानकारी दिए। यसैगरी, सभामुखले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ ।

साथै, बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । यस्तै, राष्ट्रिय सभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।