Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अरुण काबेलीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन


अरुण काबेलीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,२४ असार । अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात असार २५ गते, सोमबार बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले आफ्नो शेयरधनीहरुलाई १ः१ को अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

शेयरधनीहरुलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीका ३ अर्ब ७१ करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाबीच भइ बग्ने काबेली नदीमा २५ मेगावाटको काबेली बि १ जलविद्युत आयोजना निर्माण पुरा गरी २०७६ कार्तिक २३ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।