Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति


दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीको आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले मनकामना इन्जीनियङ्ग हाइड्रोपार लिमिटेड र भगवती हाइड्रोपार कम्पनी लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि सो बराबरको शेयर निष्काशन गर्नेछ । कम्पनीले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक क्यापिटल लिमिटेडमा रहेको छ ।

यस्तै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता ११६ रुपैयाँका दरले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ । कम्पनीको शेय निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।