काठमाडौं । सरकारले ट्रेजरी बिलद्धारा साढे २९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । ट्रेजरी बिलमार्फत मात्र सरकारले २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।यसका लागि राष्ट्र बैंकले आज (सोमबार) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । आन्तरिक ऋणमध्ये २४ अर्ब ६५ करोड ६५ लाख परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलमार्फत र बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको हो।
यो वर्ष सरकारले नयाँ भन्दा परिपक्व अवधि पूरा भएका पुराना ट्रेजरी बिल पुनस् बिक्री गरिरहेको छ । सोही क्रममा सोमबार पनि साढे २४ अर्बको पुरानो ट्रेजरी बिललाई रोलओभर९पुनः बिक्री० गर्न लागेको हो ।ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । यसपटक २८, ९१, १८२ र ३६४ दिन अवधिका ट्रेजरी बिलको बिक्री हुँदैछ ।
यसअघि सरकारले पटक पटक ट्रेजरी बिलमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । पछिल्लो पटकको बोलकबोलमा ७।१९ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ७।४४ प्रतिशत र सबैभन्दा कम ३।६७ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाएको थियो ।
सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा विभाजन गरिएको छ । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासदेखि मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारको १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना छ । त्यसमध्ये अधिकांश आन्तरिक ऋण उठाइसकेको छ भने निकै कम मात्र उठाउन बाँकी छ ।