Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेट प्रचारमुखी भन्दा यथार्थपरक बनाउपर्नेःअर्थमन्त्री आले


बजेट प्रचारमुखी भन्दा यथार्थपरक बनाउपर्नेःअर्थमन्त्री आले

काठमाडौं । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाएको बताए। आर्थिक वर्ष २०८०,८१ को बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आत्मनिर्भर तथा समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी बनाउने मूल आधारका रुपमा बजेट रहेको बताए ।

कृषि क्षेत्रमा प्रवाह हुने अनुदानलाई उत्पादन केन्द्रित बनाउन र यसको लाभ सुनिश्चित गर्न उत्पादनका आधारमा अनुदान प्रवाह हुने व्यवस्था मिलाइएको मन्त्री आलेले बताए । आगामी आर्थिक वर्ष प्रदेश सरकारको चालू खर्च  ५३ करोड ६२ लाख रहेको उल्लेख गर्दै उनले सो खर्च पनि चार दशमलव सुन्ना एक प्रतिशतले घटाइएको बताएका छन् ।

आगामी आर्थिक वर्ष अत्यावश्यक बाहेक कुनै पनि सरकारी भवन निर्माण नगर्ने र नयाँ सवारी साधन खरिद नगर्ने नीति लिइएको मन्त्री आलेले बताएका छन्। सार्वजनिक सङ्घ र संस्थाका भवन निर्माणमा बजेट विनियोजन गर्दा पर्यटकीय, धार्मिक र संस्कृतिक स्थाल संरक्षण  हुने खालाका संरचनामा मात्र बजे विनियोजन गर्ने सरकारले नीति लिएको छ ।

बजेटलाई साना आयोजना र कार्यक्रमभन्दा रणनीतिक महत्वका क्षेत्रमा केन्द्रित गरिएको, बहुवर्षीय तथा स्रोत सुनिश्चित भएका आयोजनामा पर्याप्त बजेट विनियोजन गरेर मात्र सालवसाली आयोजनामा रकम विनिययोजन गरिएको  र विगतको सरकारका राम्रा कार्यक्रमलाई निरन्तरता दिई थप नयाँ कार्यक्रम प्रस्ताव गरिएको उनले बताए ।