Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा गिरावट


सेयर बजारमा गिरावट

काठमाडौं, श्रावण १० । सेयर बजारमा १४१ कम्पनीको मूल्य घट्दा ६७ कम्पनीको मूल्य बढेको भने छ । धेरै कम्पनीको मूल्य घट्दा ९ को भने स्थिर रहृयो हो । परिसूचक नेप्से भने जम्मा ८.११ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २१५६ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ ।

हिजो २ अर्ब ९१ करोडको कारोबार भएकोमा आज २ अर्ब ४३ करोडमा सीमित भयो । फाइनान्स १ र र अन्य उपसमूह ११ अंक बढे । जसमध्ये बैंकिङ ०.६, विकास बैंक १८, होटल तथा पर्यटन ८५, जलविद्युत् २२, जीवन बीमा २८, उत्पादन ४९, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ८६ र व्यापार उपसमूह २४ अंक घटे ।

किसान लघुवित्तको मूल्य ७ प्रतिशत तथा ग्रिन डेभलपमेन्टको ६ प्रतिशत मूल्य बढ्यो । जल्पा लघुवित्तको मूल्य ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक संस्थापक, शिवम् सिमेन्ट, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन लाइफ इन्स्योरेन्स र एभरेस्ट बैंक क्रमशः अगाडि रहेका छन् ।