Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या साढे २२ हजार


एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या साढे २२ हजार


काठमाडौं, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले आज (बिहीबार) दिउँसो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीए  ल्याउने विद्यार्थीको संख्या करिब साढे २२ हजार रहेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार ३।६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ । यो कुल परीक्षार्थीको ४.६३ प्रतिशत हो ।

यसैगरी कार्यालयका अनुसार ३.२० देखि ३.६० जीपीए ल्याउनेको विद्यार्थी संख्या ५५ हजार ६९ रहेको छ । जुन ११.३६ प्रतिशत हो ।कार्यालयले एसईई परीक्षाको नतिजा बिहीबार दिउँसो सार्वजनिक गरेको हो ।