Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राणाकालीन समयको जस्तो,सरकारले ल्याएको बजेटः सांसद देवकोटा


राणाकालीन समयको जस्तो,सरकारले ल्याएको बजेटः सांसद देवकोटा

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट राणाकालीन समयको जस्तो भएको राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले बताएका छन् । प्रदेशका मुख्यमन्त्रीहरुले अहिलेको बजेटलाई राणाकालमा आएको बजेटको रुपमा चित्रण गरेको उनको जिकीर थियो । प्रतिनिधि सभाको दोस्रो बैठकमा शुक्रबार सांसद देवकोटाले ६० प्रतिशत कामको लोड प्रदेश र स्थानीय तहलाई भए पनि सरकारले २३ प्रतिशतमात्रै बजेट विनियोजन गरेर संघीयताको भावना र मर्मविपरीत काम गरेको भन्दै आपत्ति बताएका छन्। संघीयतामा आएपछिको पहिलो बजेट बारे प्रदेशका मुख्यमन्त्रीहरुले के जवाफ दिए।

भने यो बजेट पञ्चायतकालीन जस्तो छ । त्यो बेला त्यसो भन्ने मुख्यमन्त्रीहरुलाई अहिले मैले सो बजेट कस्तो छ राणकालीन जस्तो भनेर उत्तर दिए मलाई उनले थपे,मैले संघीयताको सन्दर्भमा खेलेको, बोलेको २० वर्ष भयो । यस अनुभवमा यस्तो खालको बजेट मैले कहिल्यै पनि देखेको छैन । उनले साविकको गाविसले समेत २ लाखभन्दा कमको योजना नबनाउने भन्ने निर्णयलाई समेत लत्याएर सरकारले २ लाखभन्दा कमको आयोजनासहितको बजेट ल्याउनु आपत्तिजनक रहेको उनको भनाइ थियो ।

सांसद देवकोटाले के सत्तारुढ दलका नेता र मन्त्रीहरुको निर्वाचन क्षेत्रका लागि बजेट छुट्ट्याउन संघीयता र गणतन्त्र ल्याइएको हो भनि प्रश्नसमेत गरे । सांसद देवकोटाले बजेट मन्त्री र नेतामुखि भएको आरोप लगाउँदै त्यसको जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा यसमा बहुत बहस पनि भयो ।

आफ्नै निर्वाचनमा क्षेत्रमा बजेट लैजानका लागि त्यो लिएर आएको हो उनले भने, त्यतिमात्रै होइन, यहाँ २ लाख, ५ लाखका यति योजना छन्, अहिलेका नेपाल सरकारका मन्त्रालयहरुले २ लाखभन्दा साना योजना राखेपछि यसको जवाफदेहिता यी मन्त्रीहरुमा हुनपर्छ कि पर्दैन अर्थमन्त्रीमा हुन पर्छ कि पर्दैन ।