Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नौं दूरसञ्चार सेवा संस्थाबाट १३ करोड सात लाख रुपैयाँ उठाउन सरकारलाई महालेखाको सिफारिस


नौं दूरसञ्चार सेवा संस्थाबाट १३ करोड सात लाख रुपैयाँ उठाउन सरकारलाई महालेखाको सिफारिस

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ९ दूरसञ्चार सेवा प्रदायक संस्थाले रोयल्टी र जरिवानाबापत नबुझाएको १३ करोड सात लाख रुपैयाँ उठाउन सरकारलाई सिफारिस गरेको छ । आज महालेखापरीक्षकको ६२ औँ प्रतिवेदनले जरिवाना र रोयल्टी बापतको रकम असुल गर्नुपर्ने औँल्याएको हो ।

महालेखाले सात सेवा प्रदायकले ग्राहकसँग मर्मत तथा विभिन्न शुल्कबापत प्राप्त गरेको आम्दानीको रोयल्टी र जरिवाना १ करोड ४२ लाख ५४ हजार रुपैयाँ छुट भएको देखिएको र त्यो रकम असुल गर्नुपर्ने उल्लेख छ । आर्थिक वर्ष ०८०/८१ मा १ सेवा प्रदायकले बुझाउनुपर्ने फ्रिक्वेन्सी तथा भिस्याट दस्तुरबापत २४ करोड ३४ लाख दाखिला गर्न बाँकी देखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।


दूरसञ्चार नियमावली, २०५४ को नियम ३१ बमोजिम रेडियो फ्रिक्वेन्सी दस्तुर प्रत्येक वर्ष समाप्त भएको ६ महिनाभित्र भुक्तानी गर्नुपर्ने, न्यूनतम फ्रिक्वेसीबाहेक थप फ्रिक्वेन्सी, अधिकतम फ्रिक्वेन्सी र भिस्याटको दस्तुर प्रत्येक आर्थिक वर्षको लागि सो आर्थिक वर्ष सुरु भएको ३ महिनाभित्र अग्रीम भुक्तानी गर्नुपर्ने र नगरेमा बाँकी दस्तुरमा थप दस्तुरसमेत लाग्ने व्यवस्था छ ।