काठमाडौं, श्रावण २६ । प्रतिनिधि सभाको बैठक शुक्रबार पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले अवरोध गरेका छन्। उनीहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका हुन्।
एमाले सांसद ज्वालाकुमारी साहले बोलेलगत्तै सांसदहरूले नाराबाजी र वेल घेराउ गरेका हुन्। एमाले सांसदहरूले नाराबाजी गरिरहेपछि बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले साउन २९ गते सोमबार १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।