Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ललिता निवासको निर्णयमा मेरो संलग्नता छैनःपूर्वमन्त्री चन्द्रदेव जोशी


ललिता निवासको निर्णयमा मेरो संलग्नता छैनःपूर्वमन्त्री चन्द्रदेव जोशी

काठमाडौं, श्रावण २२ ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । प्रहरीले उनी समेत चार पूर्वमन्त्रीलाई पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा उनले छानबिनको काममा भने सघाउने उल्लेख गरेका छन् । वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा मेरो पूरै समर्थन छ । देशमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो । लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ । अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ उनले सोमबार फेसबुकमा लेखेका छन् ।

उनले २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्री परिषद्‌मा निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको उल्लेख गरेका छन् । मन्त्रिपरिषद्‌बाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ । म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्र तत्कालीन बाबुराम भट्टराई मन्त्रिपरिषद्‌मा रहेको हुँ । म पछि तत्कालीन मन्त्रिपरिषद्‌‌का अर्का सदस्य टोपबहादुर रायमाझीले मैले सम्हाल्दै आएको मन्त्रालय सम्हालेको जानकारी त्यसबखत पाएको हुँ ।

त्यसपछि मन्त्रिपरिषद्‌को समाजिक समितिमा प्रस्ताव जाँदा समेत म मन्त्री पदमा थिइनँ । मैले मन्त्री पद छाडेपश्चात भएको कुनै पनि निर्णयबारे मलाई जानकारी छैन । पछिल्लो समय समाचार माध्यम नै मेरो जानकारीका श्रोत भएका छन् जोशीले भनेका छन्, जे जसो भए पनि अनुसन्धान निकायले गर्ने छानबिनलाई मेरो पूरा सहयोग रहने छ ।