काठमाडौं । अरुण–३ जलविद्युत् परियोजनाको व्यावसायिक उत्पादन मिति पर सार्ने प्रयोजनका लागि समिति गठन हुने भएको छ । मंगलबार बसेको लगानी बोर्ड बैठकले यो परियोजनाको परियोजना विकास सम्झौता प्रावधान अनुसार ‘प्रोजेक्ट रिभ्यु प्यानल’ गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ९ सय मेगावाट क्षमताको अरुण–३ आयोजनाको निर्माण सक्ने अवधि मार्च २०२५ थियो । यो अवधिमा आयोजनाको काम नसकिएपछि सतलज जलविद्युत् निगमले समय बढाउन माग गरेको छ । यो समय थप गर्ने प्रयोजनका लागि यस्तो प्यानल गठन गर्न बोर्डले सरकार समक्ष सिफारिस गरेको हो । यसै समितिले दिएको सिफारिसका आधारमा बोर्डले उत्पादन मिति थप गर्ने निर्णय लिने छ ।