Wednesday, June 11, 2025

२०८२ जेष्ठ २९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारद्धारा ३ अर्ब ८५ करोडको विकास ऋणपत्र बोलकबोल गर्दै


सरकारद्धारा ३ अर्ब ८५ करोडको विकास ऋणपत्र बोलकबोल गर्दै

काठमाडौं । सरकारले बुधबार ३ अर्ब ८५ करोडको विकास ऋणपत्र बोलकबोल गर्दै छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्ष अवधि रहेको उक्त ऋणपत्र बोलकबोल गर्न लागेको हो । यसका लागि मंगलबार १० बजेदेखि ३ बजेसम्म बोलकबोल समय निर्धारण गरिएको छ ।

सो अवधिमा सबैभन्दा कम ब्याजदर बोलकबोल गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकताका आधारमा विकास ऋणपत्र बाँडफाँट गरिने कार्यालयले जनाएको छ । विकास ऋणपत्रलाई सरकारले आन्तरिक ऋण उठाउने एउटा प्रमुख औजारको रूपमा प्रयोग गर्दै आएको छ ।

यसअघि गत चैत १३ गते अन्तिमपटक ऋणपत्र निष्कासन भएको थियो । त्यो समयमा ४.४९ प्रतिशतमा उक्त ऋणपत्र बोलकबोल भएको थियो । हालसम्म औसतमा भने ४.७२ प्रतिशतमा ऋणपत्र बिक्री हुँदै आएको छ । अहिले आर्थिक वर्षको अन्तिम सुरु हुन लाग्दा सरकारले फेरि विकास ऋणपत्र बिक्री गर्न थालेको हो ।