Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसद् खुलाउन बालुवाटारमा तीन दलको बैठक जारी


संसद् खुलाउन बालुवाटारमा तीन दलको बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरूद्ध गरेको संसद् बैठक सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर प्रयास गरिरहेका छन् ।

यही क्रममा अहिले पनि प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक जारी भईरहेको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सहभागी छन् ।

सुनकाण्ड अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले हरेक प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ ।