Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेट सच्याउन माग गर्दै एमाले र रास्वापाद्धारा संसद अबरुद्ध[भिडिओ सहित]


बजेट सच्याउन माग गर्दै एमाले र रास्वापाद्धारा संसद अबरुद्ध[भिडिओ सहित]

काठमाडौं, १२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन अन्तर्गत राख्ने गरी बजेटमा गरेको व्यवस्था सच्याउन माग गर्दै बुधबार प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । बैठक सुरु हुनेबित्तिकै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बजेटमा यो गल्ती भएकाले सच्याउन माग गरे । उनले यो विषयमा अर्थमन्त्रीले जवाफ नदिएकाले जवाफ मागे । त्यसपछि एमालेका सूर्य थापाले यो विषयमा नसच्चयाउँदा सम्मका लागि सदन चल्न नसक्ने बताए । उनले यसमा सभामुखले रुलिङ गर्नुपर्ने माग गरे । त्यसपछि रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले लोकतन्त्रमा आक्रमण हुने विषयमा अर्थमन्त्रीले यो विषयमा छुट्टै जवाफ दिनुपर्ने माग गरे । ’लोकतन्त्रमाथिको हमला स्वीकार्य छैन’ लामिछानेले भने ।