Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जलविद्युतमा १० वर्षको लगानी ५० खर्ब


जलविद्युतमा १० वर्षको  लगानी ५० खर्ब

काठमाडौं, २० असार । विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा ५० खर्ब लगानी पुग्ने बताएका छन् । अबका दिनमा उत्पादन मात्र गरेर नहुने भन्दै सिंहले भने सस्तो र भरपर्दो ऊर्जा उत्पादन अहिलेको आवश्यकता हो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नवनिर्वाचित कार्यसमितिलाई आयोगमा स्वागत गर्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् ।

हालसम्म ऊर्जा क्षेत्रमा १२ खर्ब रुपैयाँ लगानी पुगेको छ । इप्पानले राखेका सबै माग पूरा गर्न आयोग दत्तचित्त भएर लाग्ने पनि उनको भनाइ छ । विदेशमा रहेका पेन्सन फन्डको पैसा ल्याएर सस्तो बिजुली उत्पादन गर्न सकिन्छ । सस्तो बिजुली नै भारत वा बंगलादेश जहाँ निर्यात गरे पनि प्रतिस्पर्धा गर्न सक्छ ।अध्यक्ष गणेश कार्कीले सेयरको लकिङ पिरियडको विषयमा आयोगले स्पष्ट पारिदिनुपर्ने बताए ।

उनले भने, धितोपत्र बोर्ड, ऊर्जा मन्त्रालय वा आयोग कुन निकाय आधिकारिक हो भन्नेमै द्विविधा छ । तसर्थ, आयोगले यो विषय स्पष्ट पारिदिनुपर्छ । उनले ऊर्जा क्षेत्रका लागि विद्युत् नियमन आयोग अन्तिम नियामक निकाय हुनुपर्ने बताएका छन् । नभए ऊर्जा क्षेत्रमा धेरै विकृति आउने पनि उनको भनाइ थियो । इप्पानका उपाध्यक्ष भरतबहादुर खत्रीले २५ मेगावाटसम्मका आयोजनाको हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने बताए । ३० वर्षपछि जलविद्युत् आयोजना नेपाल सरकारको हुने व्यवस्था छ ।