Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच?


सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच?

काठमाडौं, श्रावण २४ । नेपाली बजारमा दिन प्रतिदिन सुनको भाउ घटेको छ। गत सोमबारदेखि क्रममा घट्ने रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो। सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ, मंगलबार प्रतितोला ३ सय रुपैयाँ र आज प्रतितोला १ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो