Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पहलगाम क्षेत्रमा आतंककारी हमलाः २६ जनाको मृत्यु, एक नेपाली पर्यटक पनि मारिए(सूचीसहित)


पहलगाम क्षेत्रमा आतंककारी हमलाः २६ जनाको मृत्यु, एक नेपाली पर्यटक पनि मारिए(सूचीसहित)

काठमाडौं । भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंककारी हमलामा परेर मारिएकामध्ये १६ जना मृतकको नाम सार्वजनिक भएको  छ । हमलामा परेर २६ जनाको ज्यान गएको थियो ।

भारतीय सञ्चारमाध्यम एबीपीले १६ जना मृतकको नाम सार्वजनिक गरेको गरेको हो । जसमा नेपालका सुन्दीप न्यौपाने पनि रहेका छन् । एबीपीले सार्वजनिक गरेको लिस्टमा न्यौपानेको नेपालको ठेगाना खुलेको छैन । त्यस्तै हत्या हुनेमा एक जना यूएइका पनि रहेका छन् भने बाँकी भारतका विभिन्न राज्यका अधिकांश पर्यटक रहेका छन् ।

आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अनन्तनाग जिल्लाको पहलगाम क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रमा झाडीमा लुकेर बसेका आतंककारीहरुको हमला गरेका थिए ।

मृतकहरु सख्या बढ्न सक्ने भारतीय समाचार एजेन्सीहरुले बताएको छ । सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए । आतंकवादी हमला भएसँगै साउदी अबरको भ्रमण रद्ध गरेर भारतीय प्रधाननमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कर्दैछन् ।