Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रिपब्लिक मिडियाको आइपीओ मंगलबारसम्म


रिपब्लिक मिडियाको आइपीओ मंगलबारसम्म

काठमाडौं, २९ जेठ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक निष्कासन (आईपीओ)आह्वान गरेको छ । कम्पनीले गत शुक्रबारदेखि आईपीओ खरिदका लागि सूचना आह्वान गरेको हो । कम्पनीको आईपीओमा जेठ ३० सम्म आवेदन दिन पाइन्छ । आइतबारसम्म मागभन्दा बढी आवेदन परिसकेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख २५ हजार ९३० कित्ता सेयर जारी गरेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।

कम्पनीले वैशाख ३१ देखि जेठ १४ सम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३ सय कित्ता आईपीओ बिक्री गरेको थियो । यसअनुसार जेठ २४ मा बाँडफाँट गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँ बराबरका ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो ।

हाल कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ छ । आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५ सय कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड छ । कम्पनीले ०६६ वैशाख ११ देखि ‘नागरिक दैनिक’ र ‘रिपब्लिका दैनिक’ पत्रिका प्रकाशन थालेको थियो ।