Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कुमारी बैंकले गर्‍यो सुरक्षा भत्ता वितरण


कुमारी बैंकले गर्‍यो सुरक्षा भत्ता वितरण

काठमाडौं । कुमारी बैंक लिमिटेडले चुमनुब्री गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणगरेको छ ।  कुमारीले बैंक गर्‍यो चुमनुब्रीमा सामाजिक सुरक्षा भत्ता वितरण बैंकले ग्राहकको सेवा–सुविधालाई ध्यानमा राखी सडकको पहुँच नपुगेका ठाउँमा भौतिक सहयोग पु‍र्‍याउने उद्देश्यसहित हेलिकोप्टर चार्टर गरी भत्ता वितरण गरेको बताए ।

विकट गोरखा चुमनुब्री क्षेत्रमा हालसम्म सडकको राम्रो पहुँच नपुग्दा सुरक्षा भत्ता लिन दुई देखि तीन दिनको बाटो हिँड्नुपर्ने बाध्यता रहेको बैंकले बताएको छ । बैंकले चुमनुब्री गाउँपालिकाका ग्राहकलाई लक्षित गरी थप सेवा–सुविधा पु‍र्‍याउने कार्यलाई निरन्तरता दिने बताएको छ । हाल बैंकले देशभर तीन सय दुई शाखा, ४८ एक्सटेन्सन काउन्टर, दुई सय ९६ एटिएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।