Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ललितपुर सिटी एफसीलाई लगातार दोस्रो पटक नेपाल सुपर लिगको उपाधि


ललितपुर सिटी एफसीलाई लगातार दोस्रो पटक नेपाल सुपर लिगको उपाधि

काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको लगातार दोस्रो उपाधि हात पारेको छ । शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करण पनि आफ्नै हातमा पारेको हो । यसअघि दोस्रो संस्करण जितेको ललितपुरले अपराजित रहँदै च्याम्पियन बनेको हो ।

निकै रोचक बनेको फाइनल खेल हेर्न रंगशालामा दर्शकहरूको बाक्लो उपस्थिति थियो । शनिबार बिदाको दिन पारेर भएको खेल हेर्न दर्शकहरू भरिभराउ थिए । योसँगै ललितपुर अपराजित रहँदै उपाधि जित्ने कीर्तिमान बनाएको छ । यस्तै एनएसएलको उपाधि रक्षा गर्ने पहिलो टिम पनि ललितपुर नै बनेको छ ।

तेस्रो संस्करणको एनएसएल उपाधि विजेता टोलीले ८० लाख रुपैयाँ पुरस्कार पाएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले विजेताले ८० लाख रुपैयाँ पाउने जानकारी दिएको हो । यस्तै उपविजेताले ३० लाख रुपैयाँ पाउनेछ ।