Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ढुवानी तथा यातायात सेवाको समस्या र समाधानकालागि युवा सांसद सुहाङ नेम्वाङको चार सुझाव


ढुवानी तथा यातायात सेवाको समस्या र समाधानकालागि युवा सांसद सुहाङ नेम्वाङको चार सुझाव

काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले ढुवानी तथा यातायात सेवाको समस्या र समाधानको उपायसहित सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

ढुवानी तथा यातायात आर्थिक गतिविधिमात्र नभई राष्ट्र चलायमान राख्ने क्षेत्र भएको भन्दै उनले कानूनी अस्पष्टता, नीति कार्यान्वयनमा अन्योल, दोहोरो करको बोझ, अनुमति, बीमा र कर प्रणाली, पूर्वाधार विकासको अभाव, इन्धनको अस्थिर मूल्यले लागत वृद्धिजस्ता समस्याले ग्रस्त रहेको उनको भनाइ छ ।


यी समस्या समाधानका लागि स्पष्ट, ढुवानीमैत्री नीतिको आवश्यकता औंल्याउँदै उनले कर, बीमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट, सरल बनाइनुपर्ने साथै भौतिक पूर्वाधारमा प्राथमिकता दिई सुधार गर्नुपर्ने बताए ।

‘हामी सबैलाई थाहा छ हवाई सेवा नाजुक र भरपर्दो अवस्थामा नहुँदा पनि, विपद् वा महामारीको घडीमा खाद्यान्न, औषधि, निर्माण सामग्रीदेखि कृषि उपजसम्म देशका कुनाकुनासम्म पुर्‍याउने काम, यीनै व्यवसायीहरूले गरेका हुन्’, सांसद नेम्वाङले भने ।