Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सिक्वल फाउन्डेसनलाई ५० लाख आर्थिक सहयोग


स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सिक्वल फाउन्डेसनलाई ५० लाख आर्थिक  सहयोग

काठमाडौं श्रावण १९ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । पिछडिएका युवतीहरूको व्यक्तिगत र व्यावसायिक वृद्धिका लागि आवश्यक सीप र अवसर प्रदान गर्ने उद्देश्यले स्ट्यान्डर्ड चार्टर्ड बैंकले सिक्वल फाउन्डेसनको सिल्पः सेपिङ दी फ्युचर प्रोजेक्ट’लाई आर्थिक सहयोग प्रदान गरेको हो ।

सिल्प प्रोजेक्ट बागमती र कोसी प्रदेशका विद्यालय वा उच्च माध्यमिक विद्यालय छाड्ने युवतीहरूलाई सर्टिफाइन्ड ब्लु–कलर जब स्किल प्रदान गरी सशक्तीकरणमा केन्द्रित रहेको बताइएको छ । यो प्रोजेक्ट किशोरी’ विस्तारित परियोजना भएको र युवतीहरूलाई आधारभूत, वित्तीय, डिजिटल र जीवन उपयोगी सीप प्रदान गर्ने उद्देश्यले सञ्चालित भएको बताइएको छ ।

प्रोजेक्ट किशोरीले युवतीहरूलाई आवश्यक रूपान्तरण र जीवन उपयोगी सीप प्रदान गर्ने तथा प्रोजेक्ट सिल्पले अघिल्लो समूहका केही सर्ट लिस्ट गरिएका युवतीहरूलाई उद्योग सञ्चालनका कामका लागि आवश्यक सीप प्रदान गर्ने बताइएको छ । यी दुवै प्रोजेक्टको मुख्य लक्ष्य सातै प्रदेशका १० वटाभन्दा बढी सार्वजनिक कलेजका दुईभन्दा बढी उच्च शिक्षा हासिल गरेका युवतीहरूलाई लाभान्वित बनाउने रहेको बैंकले बताएको छ ।

बैंककी कर्पोरेट अफेयर्स, ब्रान्ड एन्ड मार्केटिङ हेड वर्षा पिल्लाईले सिक्वल फाउन्डेसनसँगको सहकार्यले पिछडिएका युवतीहरूलाई आफ्नो शिक्षालाई निरन्तरता दिन हौसला प्रदान गर्ने बताइन् ।