काठमाडौं,३ साउन । प्राइम कमर्सियल बैंकले बुधबारदेखि १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
संस्थापक सेयरको प्रतिकित्ता भाउ १२० रुपैयाँ निर्धारण गर्दे बैंकले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
जसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् र लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।
बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको हँुदा आवेदकले प्रभु क्यापिटल कमलादी, काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जनाएको छ ।
आवेदनका लागि साउन १७ गतेसम्म मिति तोकिएको छ ।