Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

परराष्ट्रमन्त्री राणा र स्पेनका विदेशमन्त्री जोसेबिच जेनेभामा द्विपक्षीय भेटवार्ता


परराष्ट्रमन्त्री राणा र स्पेनका विदेशमन्त्री जोसेबिच जेनेभामा द्विपक्षीय भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबिच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको हो । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनिहरुबीच बुधबार साइडलाइन भेटवार्ता भएको हो ।

भेटमा मन्त्री डा. देउवाले युरोपियन युनियनका विदेश तथा सहयोगमन्त्रीका रुपमा रहेका म्यानुअलसँग युरोपियन युनियनको एक महत्त्वपूर्ण सदस्यका रूपमा रहेर स्पेनले नेपालको आर्थिक सामाजिक विकासमा गरेको सहयोगको सराहना गरिनन् । सो भेटमा मन्त्री डा. देउवाले नेपाललाई कोभिड १९ तथा भूकम्पजस्ता अप्ठेरो समयमा पनि स्पेनले पुर्‍याएको सहायताका लागि धन्यवाद ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ ।

नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेकाले आवश्यक सहयोगसहित दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई पर्नसक्ने आवश्यक सहयोगका लागि स्पेनलाई आग्रह पनि गरिन । मन्त्री डा.देउवाले जलवायु परिवर्तनले नेपाललाई परेको असरबारे नेपालले आन्तर्राष्ट्रि मञ्चहरूमा न्यायका लागि वकालत गरिरहेकाले त्यसमा स्पेनको पनि सहयोगका लागि अपिल गरिन ।