Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक ३०.३६ अंकले घट्यो


नेप्से परिसूचक ३०.३६ अंकले घट्यो

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ३०.३६ अंकले घटेर २ हजार ८ सय ४६.३० विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो १।०५ प्रतिशतले घटेको हो । सोमबार १३ अंकले घटेको नेप्से मंगलबार करिब साढे ३० अंकले घटेको हो ।

उक्त दिन कारोबारमा आएकामध्ये ४१ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १९८ वटाको घट्यो भने बाँकी ५ वटा कम्पनीको स्थिर रह्यो । १ लाख २२ हजार ३ सय ३६ पटकको कारोबारमा २ करोड ६३ लाख ८९ हजार ९ सय १० कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब १२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकम घटेको हो । मंगलबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।