Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ग्लोबल आइएमईका ग्राहकलाई मेट्रो मार्टमा क्युआर पेमेन्ट गर्दा अर्काे नयाँ छुट


ग्लोबल आइएमईका ग्राहकलाई मेट्रो मार्टमा क्युआर पेमेन्ट गर्दा अर्काे नयाँ छुट

काठमाडौंं, श्रावण ३० । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले मेट्रो मार्टका काठमाडौं उपत्यकाभित्रका स्टोरहरूमा छुट पाउने भएका छन् । ग्राहकले मेट्रो मार्टमा खरिद गरेको सामानको भुक्तानी क्युआर पेमेन्टमार्फत गर्दा छुट पाउने सम्झौता भएको हो । योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’बाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

एकपटकको खरिदमा बढीमा दुई सय रुपैयाँसम्म र योजना अवधिभर बढीमा पाँच सय रुपैयाँसम्म छुट पाइने बैंकले बताएको छ ।योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलामा रहेका स्टोरहरूमा लागू हुने बताइएको छ ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा तीन सय ५९ शाखा, तीन सय ६७ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयद्वारा सेवा दिइरहेको बताएको छ ।