Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ग्वार्को ओभरपास सञ्चालनमा आउनुपूर्व भत्काउन सुरु


ग्वार्को ओभरपास सञ्चालनमा आउनुपूर्व भत्काउन सुरु

काठमाडौं । ग्वार्को ओभरपास सञ्चालनमा आउनुपर्ने वेला प्राविधिक समस्या देखिएको भन्दै भत्काएर पुनः निर्माण थालिएको छ । ओभरपास निर्माणमा जडान गरिएको प्यानलमा ग्याप देखिएपछि भत्काएर फेरि बनाउन थालिएको आयोजनाले जनाएको छ

ओभरपास निर्माणका लागि १७ करोड ६ लाख ८८ हजार ८८८.०१ रुपैयाँ कुल लागतमा आशीष–समानान्तर–रेलिगेर जेभीले इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा ठेक्का सम्झौता गरेको थियो ।

२०७८ फागुन १२ गते सुरु भएको ठेक्का सम्झौताअनुसार २०८० फागुन ११ (२ वर्ष)को अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने हो । तर सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०८१ पुस ८ गतेसम्म म्याद थप गरिएको थियो । तर सो अवधिमा निर्माण सम्पन्न हुन सकेन ।

यसअघि पनि ठेक्का सुरु भएको एक वर्षपछि डिजाइनमा समस्या आएपछि निर्माण कार्य रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन ९ईपीसी० मोडलअनुसार ठेक्का गरिएकाले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्ने हुन्छ ।

डिजाइन नमिलेपछि मुख्य काम रोकेर निर्माण व्यवसायीले पुनः डिजाइन गरेका थिए । डिजाइन परिवर्तनलगायत कारणले तोकिएको अवधिमा काम नसकिएको व्यवसायीले बताउँदै आएका छन् ।