काठमाडौं । नेपाली बजारमा आज सुनको मूुल्य बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। अघिल्लो दिनको कारोबार प्रतितोला ९ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यसैगरि चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भएको छ।