काठमाडौं, श्रावण २२ । नेप्से परिसूचक ३.२१ अंकले घटेको छ। आज नेप्से परिसूचक २०४८.२६ बिन्दुमा बन्द भएको छ। आइतबार नेप्से परिसूचक बढसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन २ अर्ब ६८ करोडको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँमा सीमित भएको छ। यस दिन २६७ वटा धितोपत्रको ६६ लाख ४७ हजार १४३ कित्ता सेयर किनबेच भएको हो। सोमबार नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य ३०२ रुपैयाँ ९० पैसा पुगेको छ। यस्तै, गोर्खाज फाइनान्सको सेयरमूल्य ९.७४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५८६ रुपैयाँ कायम भएको छ। सेयर मूल्य सर्वाधिक घट्नेमा छयाङ्दी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २३२ रुपैयाँमा सीमित भएको छ। यस्तै, पिपुल्स पावरको सेयर मूल्य ४.६२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २५४ रुपैयाँमा झरेको छ।
सोमबार आइएमई लाइफ इन्स्योरेनसको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१५ रुपैयाँ ३० पैसामा ४ करोड ३६ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.६५ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिपब्लिक मिडिया रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३०२ रुपैयाँ ९० पैसामा ८ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचक मध्ये बैंकिङ, जलविद्युत, लगानी र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशतले बढेको छ।यस्तै विकास बैंक र होटल्स तथा पर्यटन समूहको परिसूचक १.४१ प्रतिशतका दरले बढेको छ।

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                        .jpg) 
	                                         
	                                         
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                     
                    