Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेटबारे तर्कपूर्ण विचार राख्न पार्टीका सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन


बजेटबारे तर्कपूर्ण विचार राख्न पार्टीका सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेटबारे तर्कपूर्ण विचार राख्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका   छन् । सोमबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेटमाथि मंगलबार संसद्को बैठकबाट छलफल शुरू हुने भएकाले तयारीका साथ रहन निर्देशन दिए । उनले तर्कपूर्ण ढङ्गले बजेटको पक्षमा विचारहरू राख्न निर्देशन दिँदै विरोधीहरूले धर्मर हुनेगरी कुतर्क गर्ने भन्दै सचेत रहन आग्रह गरे । कुतर्कहरूको दरिलो गरी खण्डन गर्न उनले आग्रह गरे ।

पार्टीका सांसदहरूलाई तथ्य, तथ्याङ्कसहित खण्डन गर्न अध्यक्ष ओलीको निर्देशन छ । उनले आफ्नो विषयमा केन्द्रित भएर बोल्ने गरी तयार गर्न निर्देशन दिँदै छरपस्ट भएर नबोल्न सचेत पनि गराए ।