काठमाडौं, श्रावण १० । नेपाली बजारमा सुनको मूल्य मंगलबारको तुलनामा तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।यता चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

 
                             
                                     
	                                         
	                                         
	                                        .jpg) 
	                                         
	                                         
	                                         
                     
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                    