Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महासंघका प्रतिनिधिले अध्यक्ष दाहाललाई भनेः हामी ‘गर या मर’को अवस्थामा छौं


महासंघका प्रतिनिधिले अध्यक्ष दाहाललाई भनेः हामी ‘गर या मर’को अवस्थामा छौं

काठमाडौं । खनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शिक्षक महासंघका प्रतिनिधिले विद्यालय शिक्षा विधेयक पारित गराउन माओवादीको विशेष भूमिका खेल्न आग्रह गरेका छन् । प्रचण्ड भेट्न खुमलटार पुगेका प्रतिनिधिहरुले आफूहरु ‘गर या मर’को अवस्थामा रहेको गुनासो गरे ।


आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरूले दाहाल नेतृत्वको सरकारले नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएको स्मरण गराउँदै पारित गराउन पनि विशेष भूमिका खेल्न आग्रह गरेका थिए ।

अध्यक्ष दाहालले आन्दोलनरत शिक्षकहरूका मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सरकारसँग माग गरेका थिए ।

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष दाहालले देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा नै भएको बताए ।