काठमाडौं । देवनारायण साह मोरङ कोशी प्रदेश सरकारले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख र घाइतेलाई ५० हजार दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बाढी पहिरोमा परी मृत्यु भएका प्रत्येक परिवारलाई १ लाख र घाइते व्यक्तिको उपचारका लागि प्रति व्यक्ति ५० हजार रूपैयाँको दरले उपचार खर्च राहत स्वरुव उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश १ स्थित पूर्वी पहाडी जिल्लामा भएको भारी वर्षाले ठूलो जनधनको क्षति भएको छ । यस्तै, प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि गठन गरेको वार्ता समितिलाई प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले बताएका छन् ।