Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घरजग्गाको पुँजीगत लाभकर नै अन्तिम कर हुने


घरजग्गाको पुँजीगत लाभकर नै अन्तिम कर हुने

काठमाडौं । घरजग्गाको कारोबारमा प्राकृतिक व्यक्तिले तिर्ने पुँजीगत लाभकर नै अन्तिम कर हुने प्रष्टोक्ति आन्तरिक राजस्व विभागले दिएको छ। विभागले नेपाल जग्गा तथा आवास विकास महासंघलाई एक पत्र लेख्दै प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गाको बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम भएको बताएको हो।

आगामी आर्थिक वर्षको बजेटसँगै ल्याइएको आर्थिक विधेयकमा प्राकृतिक व्यक्तिले धितोपत्र र जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्दा हुने लाभको आय विवरण पेश नगरेको भए छुटको व्यवस्था गरिएको थियो। विधेयकमार्फत आर्थिक वर्ष २०७६,७७ देखि २०७८,७९ सम्मको आय विवरण पेश गरी कर दाखिला गर्दा लाग्ने करको ५० प्रतिशत छुट दिएसँगै व्यवसायी अन्योलमा देखिएका थिए।

यसको प्रष्टोक्ति दिँदै विभागले सेयरमा जस्तै घरजग्गामा पनि प्राकृतिक व्यक्तिले तिर्ने पुँजीगत लाभकर नै अन्तिम कर हुने बताएको छ। त्यस्तो कारोबारबाट भएको लाभमा नियमअनुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने आन्तरिक राजस्व विभागले बताएको छ।