Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साता सेयर बजार ७२ अंक अर्थात् २.६ प्रतिशतले बृद्धि


साता सेयर बजार ७२ अंक अर्थात् २.६ प्रतिशतले बृद्धि

काठमाडौं । साता सेयर बजार ७२ अंक अर्थात् २.६ प्रतिशत बढेको छ । गत साता २७४३ अंकमा रहेको बजार यो साता २८१५ मा पुग्यो । यो साता कारोबार भएका चारै दिन बजार बढ्यो । बुधबार सार्वजनिक विदाका कारण बन्द रह्यो । पहिलो दिन आइतबार ११.६६ अंक बढेको बजार सोमबार ३.३५, मंगलबार ७.१३ र बिहीबार ४९.१५ अंक बढ्यो ।

यो साता कारोबार रकम पनि उल्लेख्य रह्यो । औसत दैनिक १० अर्ब ९७ करोडको कारोबार भयो । आइतबार ११ अर्ब ५४ करोडको कारोबार भएकोमा सोमबार ११ अर्ब ८ करोड, मंगलबार ९ अर्ब ९० करोड र बिहीबार ११ अर्ब ३९ करोडको भयो । छिमेकी मुलुक भारतको बजार यतिबेला घट्दो क्रममा देखिएको छ । तर यहीं बेला नेपालको बजार बढिरहेको छ ।

भारतीय बजार ५ महिनामै १४ प्रतिशतले घटेको छ । ५ महिनाअघि ८५,८३६ अंकमा रहेको बीएसई सेन्सेक्स हाल ७३,६०० हाराहारी अंकमा झरेको छ । यो साता बजारमा अन्य सेक्टर सबैभन्दा धेरै १०.५ प्रतिशत बढ्यो । गत साता पनि यहीं सेक्टर सबैभन्दा धेरै ७.२३ प्रतिशत बढेको थियो । अन्य सेक्टर हालसम्मकै उच्च २४७४ अंकमा पुगेको छ ।

अन्य सेक्टरमा सूचीकृतमध्ये दुई पुनर्बीमा कम्पनी नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरमा बढ्दा सिर्जित शक्तिले समग्र सेक्टरले नयाँ रेकर्ड बनाएको हो । यी दुई कम्पनीले एक वर्षभित्र चुक्ता पूँजी २०–२० अर्ब पुर्‍याउनुपर्नेछ । दुवै कम्पनीले हकप्रद र बोनस सेयरबाट पुर्‍याउनेछन् ।

यसले गर्दा लगानीकर्ता हकप्रद र बोनस सेयरको आशमा दौडिएको देखिन्छ । हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ । यो कम्पनीले हकप्रद र बोनस सेयरमार्फत करिब ६ अर्ब ५८ करोड रुपैयाँ थप्नुपर्ने छ । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको चुक्ता पूँजी १० अर्ब ४० करोड रुपैयाँ छ । यो कम्पनीले पनि हकप्रद र बोनस सेयरमार्फत करिब ९ अर्ब ६० करोड थप्नुपर्ने छ ।