काठमाडौं, ३१ जेठ । धरानमा खानेपानी बोर्डले स्थानीय उपभोक्तालाई आफ्नै ट्यांकरबाट पानी आपूर्ति गर्न सबैलाई नसकेपछि धरानमा निजीस्तरमा सञ्चालित दुई दर्जनभन्दा बढी खानेपानी ट्यांकर व्यवसायीहरूले महंगोमा पानी बेच्न थालेका छन् । खानेपानी अभाव भएपछि धरानभरिमा स्थानीय उपभोक्ता, होटल व्यवसायी, रेस्टुरा सञ्चालकहरूले दैनिक १२ लाख लिटरदेखि १५ लाख लिटर किनेर प्रयोग गरिरहेको खानेपानीको ट्यांकर व्यवसायीको भनाई ।
ठूला ट्यांकर व्यवसायीले प्रतिलिटर ६० पैसामा बिक्री गरिरहेका छन् भने पिकअपमा ड्रम राखेर ल्याउनेहरूले १ रुपैयाँ लिटरमा बिक्री गरिरहेका छन् । गत वर्ष ५० पैसा प्रतिलिटरमा बिक्री भएको थियो । डिप ट्युबेल सञ्चालकले ७ हजार लिटर पानीको पाँच सय रुपैयाँ लिन्छ । व्यवसायीहरुले भनेः म दैनिक ५६ हजार लिटर पानी बिक्री गरिरहेको छु ।’ विगत चार महिनादेखि धरानमा दैनिक सरदर ८ लाख देखि १० लाख रुपैयाँको पानी बिक्री भइरहेको छ ।
खानेपानीको अभावले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्र अध्ययनरअध्यापन एक साताका लागि स्थगित भएको छ । विद्यार्थीहरूलाई घर जाने बिदा दिइएको छ । पानीको अभावका कारण धरानमा कोठा भाडामा लिएर स्कुल–कलेज पढ्ने विद्यार्थी, सानोतिनो व्यापार व्यवसाय गर्ने परिवारसमेत तत्कालका लागि आफ्नो घरमा फर्किएका छन् ।