काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्बको पाम तेल आयात भएको छ । १ अर्बको पाम तेल निर्यात भएको छ । २०८१ साउन यता पुस मसान्तसम्म सो परिमाण पाम तेल आयात निर्यात भएको भन्सार विभागले जनाएको छ ।
 
चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ४१ करोड २६ लाख ६० हजार रुपैयाँको २३४२२२७९ लिटर आयात भएको छ । सो तेल आयात हुँदा ९४ करोड ७२ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । 
 
सो अवधिमा १ अर्ब १३ करोड रुपैयाँ बढीको पाम तेल भारतमा निर्यात भएको छ । १ अर्ब १३ करोड ६० लाख ६१ हजार रुपैयाँ बराबरको ६५२१९८४ लिटर पाम तेल निर्यात भएको विभागले जनाएको छ ।
६ महिनामा तीन अर्बको पाम तेल आयात

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                         
	                                         
	                                        .jpg) 
                     
                     
                     
                     
                    