Sunday, July 27, 2025

२०८२ श्रावण १२, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंकको तथ्याङ अनु अनुसार वैदेशिक लगानी ११ अर्बले घट्यो


बैंकको तथ्याङ अनु अनुसार वैदेशिक लगानी ११ अर्बले घट्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वैशाखसम्म नेपालले ६ अर्ब १६ करोड २९ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्राप्त गरेको छ । विश्व अर्थतन्त्रमा देखिएको सङ्कटको प्रभाव नेपाल भित्रिने वैदेशिक लगानीमा पनि देखिएको छ । नेपाल राष्ट्र बैंक अनुसार चालू आर्थिक वर्ष २०७९,८० को १० महिना वैशाख सम्म नेपाल भित्रिने त्यस्तो लगानी करिब ११ अर्ब रुपैयाँले घटेको हो । गत आर्थिक वर्षको वैशाखसम्म १७ अर्ब आठ करोड ८९ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।

विश्व अर्थतन्त्रमा देखिएको सङ्कटका कारण समग्र लगानी प्रभावित भएको विश्व बैङ्कले हालै सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स मा उल्लेख गरेको छ । रुस–युक्रेन युद्ध, कोभिड सङ्क्रमणपछिको बाँकी रहेको पुनरुत्थान, आयातको शृङ्खलामा देखिएको अवरोध, मुद्रास्फीति जस्ता कारण धेरै देशहरुले मौद्रिक नीतिमा अख्तियार गरेको कडाइले पनि लगानी प्रभावित भएको विश्व बैंक निष्कर्ष छ ।

विकसित देशहरूले लिएको यस्तो नीतिका कारण खास गरी विकासोन्मुख मुलुकमा लगानी घटिरहेको उल्लेख छ । कोभिड सङ्क्रमणका कारण सामान्य घटेको वैदेशिक लगानीमा बिस्तारै सुधार देखिए पनि चालू वर्ष भने निकै प्रभावित भएको केन्द्रीय बैंक तथ्याङ्कले देखाउँछ । जस अनुसार गत आर्थिक वर्षभर नेपालले १९ अर्ब २१ करोड रुपैयाँ वैदेशिक लगानी प्राप्त गरेकामा त्यसअघि २०७७, ७८ मा १९ अर्ब ९० करोड रुपैयाँ विदेशी लगानी प्राप्त गरेको थियो तर चालू वर्ष सकिँदासम्म पनि वैदेशिक लगानी उल्लेख्य बढ्ने आधार नदिएकाले यस वर्ष मुलुकका लागि वैदेशिक लगानीको क्षेत्र खास उपलब्धिमूलक रहने देखिएको छैन ।

वैदेशिक लगानी घटे पनि चालू आवको वैशाखसम्म वैदेशिक लगानीबापतको लाभांश तथा मुनाफा फिर्ताबापत एक अर्ब ८० करोड ७३ लाख रुपैयाँ बाहिरिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३०८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ४४ करोड २० लाख रुपैयाँ लाभांशबापत बाहिरिएको थियो ।