Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

माओवादीमा नेताहरुका जिम्मेवारी हेरफेर


माओवादीमा नेताहरुका जिम्मेवारी हेरफेर

काठमाडौं । पार्टी सत्तामा केन्द्रीत हुदा सांगठनिक संरचना कमजोर भएको भन्दै नेतृत्वको आलोचना गर्ने माओवादी केन्द्रका नेताहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।

काठमाडौंमा जारी केन्द्रीय समितिको पुर्ण बैठकको अन्तिम दिन अध्यक्ष पुष्पकमल दाहालले नेताहरुको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

जसअनुसार वाग्मती प्रदेश इन्चार्जको जिम्मा जनार्दन शर्मालाई दिइएको छ भने वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मा दिइएको छ । यस्तै, कोशीको इन्चार्जमा लिलामणि पोखरेल, मधेशको इन्चार्ज देवेन्द्र पौडेल, कर्णालीको इन्चार्ज चन्द्रप्रकाश खनाल र सुदूरपश्चिमको इन्चार्जमा डिलाराम आचार्यलाई तोकिएको छ ।

यसअघि वाग्मतीमा हितमान शाक्य, कोशीमा राम कार्की, मधेसमा गणेश साह, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज इन्चार्ज हुनुहुन्थ्यो । केन्द्रीय समिति बैठकमा पदाधिकारीबाटै नेतृत्वको आलोचना भएपछि जिम्मेवारी हेरफेर गरिएको एक नेताले बताएका छन् ।