Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कांग्रेसले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने


कांग्रेसले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने

काठमाडौं ।  नेपाली कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यावसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ । आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको हो । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्र्दै नेपाली कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यावसायीहरूका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताइन।

उनले युवाहरूलाई उद्यमशिलतामा प्रोत्साहन गर्न सम्मेलन महत्त्वपूर्ण हुने बताउदै सम्मेलनमा सबैभन्दा युवाहरूलाई बढी जोडिने जनकारी  दिइन । सम्मेलनले साना तथा मझौला व्यावसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरिन।