Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसद अबरोध हटाउने विषयमा शीर्ष तहमा छलफल हुदैँ


संसद अबरोध हटाउने विषयमा शीर्ष तहमा छलफल हुदैँ

काठमाडौं । संसदमा जारी गतिरोध अन्त्यकालागि शीर्ष दलका प्रमुख नेताहरुबीच आज छलफल हुँदैछ । क्विन्टल सुुन तस्करी घटनाको छानविनकालागि उच्चस्तरीय छानविन समितिको माग गर्दै एमालेले संसद अबरोध गर्दै आएको छ । दुई पटक संसद बैठक अबरुद्ध भएपछि आजकालागि बोलाइएको संसद बैठक खुलाउने विषयमा मध्यान्ह छलफल हुने एमाले सचेतक महेश बर्ताैलाले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लगाएका नेताहरुको उपस्थिती रहने छ । सरकारका तर्फबाट चित्त बुझ्दो जवाफ आए संसद अबरोध हट्ने सचेतक बर्ताैलाको भनाईछ । संसद बैठक १ बजेका लागि बोलाइएको छ । यता आन्तरिक राजश्व अनुसन्धान विभागले घटनाको छानविनकालागि सीआईवीलाई जिम्मा दिएको छ ।